सप्तरीबाट भर्खरै सरुवा भएका डीएफओ साहसहित २४ जना विरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा

राजविराज– महोत्तरीको बर्दिवास नगरपालिका– १ मा सरकारी वनको जग्गालाई ब्यक्तिको नाममा देखाई करिव १२ लाख रुपैयाँ बरावरको रुख गैरकानुनी रुपमा कटान गरेको आरापमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले तत्कालिन डिभिजनल वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहसहित २४ जना विरुद्ध मुद्दा चलाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी, सामुदायिक वनका पदाधिकारी र जनप्रतिनिधि सवैलाई विपक्षी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर रहेको हो।

आयोगले जारी गरेको विज्ञप्ति अनुसार गैरकानुनी रुपमा वन फँडानी गर्न वन, नापी र मालपोत कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र जनप्रतिनिधिसमेतको चौतर्फी मिलेमतो देखिएको छ। उनीहरुले बर्दिवास नगरपालिका–१ स्थित रम्तेलडाँडा सामुदायिक वनको जग्गालाई स्थानीय लिलामणी आचार्य र कृष्णप्रसाद गौतमको नाममा देखाई फँडानी गरेको पाईएको छ।

आचार्य र गौतमको संयुक्त नाममा दर्ता कायम रहेको साविक २५ नं. बहादुरगञ्ज वडा नं. ३(क) कि.नं. २ को क्षेत्रफल १–२–११ रहेको निजी नम्बरी आवादीको जग्गाभित्र पर्छ भनी मिलेमतो गरी गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराई, कटान गर्न ईजाजत दिई, वन क्षेत्रको रुखहरु व्यक्तिलाई लाभ हुने गरी ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन भएको अख्तियारले जनाएको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, मधेपुराका साह हाल डिभिजन वन कार्यालय पर्सामा कार्यरत थिए। महोत्तरीबाट डिभिजन वन कार्यालय सप्तरीमा सरुवा भएका उनी दुई महिनाअघि मात्र पर्सा सरुवा भएका हुन। आव ०७८/०७९ र ०७९/०८० गरी दुई वर्ष सप्तरीमा रहँदा उनले झण्डै ३० करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा अर्को पनि उजुरी रहेको स्रोत वताउँछ।

सप्तरीमा रहँदा उनका विश्वास पात्र रेन्जर लक्ष्मण साफी थिए। उनीहरु दुबै जना विरुद्ध अख्तियारमा परेको उजुरी उपर अनुसन्धान जारी नै रहेको जनाईएको छ। साह वन तथा वातावरण मन्त्री एवम् मधेश प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहका दाहिने हात हुन।

नवलकिशोर वन मन्त्री हुँदा नियुक्त भएपछि उनी विरामी विदा लिएर वधाई दिन काठमाडौैं पुगेका थिए। मन्त्रीको सपथ ग्रहणदेखि पदभार ग्रहणसम्म अघिपछि गर्दै हिडेका साह यही मुद्दामा जोगाई दिन भन्दै त्यहाँ पुगेको स्रोतको दावी छ। यस विषयमा उनको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। उनले बोक्ने ९८५५०..२६० नम्वरको अफिसियल नम्वरको मोवाईल स्विच अफ छ।

यता, उनकी श्रीमती फुलकुमारी साह सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी वहालवाला उपाध्यक्ष हुन। उनीमाथि करोडौं रुपैयाँ बाँडेर चुनाव जितेको र गाउँपालिका अन्तर्गत आफनो जिम्मामा पर्ने बजेट एनजीओ मार्फत ब्यक्तिगत काममा खर्च गरी ब्यापक अनियमिता गरेको आरोप छ। उनको प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन। उनले बोक्ने गरेको ९८०३४..६१५ नम्वरमा सम्पर्क गर्दा फुलकुमारीको फोन उठेन।


प्रतिक्रिया

One thought on “सप्तरीबाट भर्खरै सरुवा भएका डीएफओ साहसहित २४ जना विरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट