दुर्गा प्रसाईका वडीगार्ड खड्का हतियारसहित पक्राउ

काठमाडौं– प्रहरीले विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँका वडिगार्ड दिपक खड्कालाई हतियारसहित पक्राउ गरेको छ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ का खड्का सर्वोच्च अदालत परिसरमा पक्राउ परेका हुन। हतियार लिएर अदालतमा प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ। खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन्। प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट