बाग्लुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जनाको उपचार हुँदै

बाग्लुङ– बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बससाँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो।

दुर्घटनामा ७ जनाको घटनास्थलमै र २ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ। बागलुङ प्रहरीका अनुसार दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिदेल नेपालीको मृत्यु भएको छ।

यसैगरी, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको डीएसपी मदन केसीले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस सडकबाट १५० मिटर तल खसेको थियो। बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको वाग्मती बस साँझ सवा ५ बजे दुर्घटनामा परेको हो। बसमा चालकसहित ३३ जना सवार थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट