चट्याङ लागेर सहायक प्रहरी हवल्दार माझीको मृत्यु

विराटनगर– पाँचथरमा मगलबार रातीको चट्याङ लागेर नेपाल प्रहरीका सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो।

मोरङ ग्रामथान गाउँपालिका–४ का ३५ वर्षीय माझी राति गस्ती गएका थिए। गस्ती गरी फर्किएर ब्यारेकको ढोकामा उभिरहेका उनलाई अन्दाजी सवा १० बजे चट्याङले लागेको थियो।

चट्याङले लागेर गम्भीर घाइते भएका उनलाई सुरूमा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा लगिएको थियो। त्यहाँबाट पाँचथर जिल्ला अस्पताल लगिएका उनको उपचारकै क्रममा मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट