बैतडीमा गाउँपालिकाका २ कर्मचारीसहित ३ जनामाथि कोदालो प्रहार, उपचारका लागि काठमाडौं ल्याईँदै

काठमाडौं– बैतडीको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका एक ब्यक्तिले आफनै श्रीमती र गाउँपालिकाका २ जना कर्मचारीलाई कोदालोले हानेर घाईते बनाएको छ।

धामीगाउँका ६२ वर्षीय किसनसिंह धामी ५६ वर्षीया श्रीमतीलाई कोदालोले हानेका थिए। त्यसपछि उनले आफनै घरमा डेरा गरेर वस्ने गाउँपालिकाका दुई जना कर्मचारीलाई पनि कोदालोले हानेको प्रहरीले जनाएको छ।

दशरथचन्द नगरपालिका ९ घर भई डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट पनि घाइते भएका छन्।

बैतडीका डीएसपी दीपक गिरीका अनुसार किसनले बिहीबार बिहान ९ बजे यो घट्ना घटाएका हुन। घाइते तिनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भईरहेको गिरीले जानकारी दिए।

कोदालो प्रहार गर्नु पर्ने कारण खुलेको छैन। किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट