रेशम र रञ्जिताको वैमनस्यताले वैठकमै नेता कार्यकर्ताको कुटाकुट

काठमाडौं– काठमाडौंको अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी नागरिक उन्मुक्ति पार्टीको बैठकमा दुई पक्षबीच कुटाकुट भएको छ। बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरी पक्षका नेताहरुबीच कुटाकुट भएको हो।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ। तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको एक नेताले वताए।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने÷नहुने विषयमा विवाद हुँदा कुटाकुटको भएको बैठकका सहभागीहरुले बताए। पार्टीका केन्द्रीय सदस्यहरु टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको ती नेताले बताए।

अध्यक्ष श्रेष्ठ सरकारमा जाने पक्षमा छिन् भने संरक्षक चौधरी पक्षमा सरकारमा जान नहुने पक्षमा रहेका छन्। सोही विवादका कारण पति–पत्निबीच समेत दुरी बढेको छ। जानकारी अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा रहदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट