भिजिट भिसामा दुवई पुगेकी ओखलढुङ्गाकी शान्ति यसरी भईन मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालक

काठमाडौं– ओखलढुंगाका अमरबहादुर भण्डारी र देउमाया भण्डारीकी छोरी शान्तिकुमारी भण्डारी सन् २०१५ मा भिजिट भिसामा दुबई पुगिन। न्यूनतम तलबमा ब्यूटिसियनबाट वैदेशिक रोजगारी सुरू गरेकी शान्तिले यूएईको लाइसेन्स पाउन एक यातायात कम्पनीमा स्कूल बस सुपरभाइजरको काम रोजिन्।

उनले सन् २०१७ मा सानो सवारीको लाइसेन्स प्राप्त गरिन् र अल गजल यातायातको ट्याक्सी चालकको रूपमा आबुधावीमा नयाँ रोजगारी थालिन्। अहिले उनी डबल–डेकर (दुई तले) बस चालक बनेकी छन्।

उनले ४ महिनायता उक्त बस चलाउँदै आएकी छिन्। दुबईले आफ्नो सीटीमा पर्यटकलाई घुमाउन दुई तले बसको प्रयोग गर्दै आएको छ। सेतो सर्ट, कालो पाइन्ट कालो चस्मा लगाएर शान्ति त्यही बस चलाउँछिन्।

योसँग मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालकको रेकर्ड उनले आफनो नाममा लेखाएकी छिन्। मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला भएको खबरले गर्व लागेको उनको भनाई छ।

आबुधावीकै सीटी बस चलाउन आवेदन दिए पनि कम्पनीको पोलिसी र स्थानीय नीतिका कारण अवसर पाउन नसकेकी शान्तिले पर्यटक बोक्ने बीग बस कम्पनीमा आवेदन दिएकी थिइन्। त्यसमा भने उनी सफल भइन्।

महिला भएको कारण सुरुमा डबल डेकर बस चालक स्वीकार गर्न बिग बसले अस्वीकार गरे पनि मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लीसको साथ सहयोगले सम्भव भएको उनी सुनाउँछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट