५ करोडको घरसहित पत्निका सवै सर्त पुरा गरेर राजेश पायल राईले गरे सम्वन्ध विच्छेद

काठमाडौ– गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन्। काठमाडौं जिल्ला अदालतमा केही दिनअघि मात्रै उनीहरुले सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका हुन।

सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए। सम्बन्ध तोड्न साङबुङले राखेको सर्त पुरा गरेर उनले सम्वन्ध विच्छेद गरेको स्रोतको दावी छ। राईले काठमाडौंभित्रको एउटा घडेरी, नक्सालमा रहेको करिव ५ करोड पर्ने साढे तीन तलाको घर र नगद ५० लाख रूपैयाँ साङबुङलाई दिएका छन्। त्यसमाथि १ करोड रूपैयाँ दिने लिखित प्रतिवद्धतासमेत राजेशपायलले जनाएको छन्।

उनीहरुका करिव २ वर्षका छोरा छन्। लिभ इनमा रहँदा नै उनीहरुले छोरो जन्माएका थिए। छोरा आमासँगै रहने र उनको पढाई खर्च राजेशपायलले व्यहोर्ने छन् भने भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता भएको छ।

आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग २ वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो। पछि उनले साङबुहाङलाई घरमै ल्याएका थिए। तर, विवाह नगरी। राजेशपायलको नक्सालमा र शान्तिनगरमा दुईवटा घर छन्। उनले साङबुङलाई नक्शालको घरमा राखेका थिए भने शान्तिनगरमा परिवारका सदस्यहरू बस्थे । अहिले नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट