पेस्तोल देखाएर १५ लाख लुटपाट, मोटरसाईकल लडाई दिएर भागे लुटेरा

लहान– सिरहामा मोटरसाईकलमा आएको अज्ञात समुहले पेस्तोल देखाएर एक मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लुटपाट गरेको छ।

सिरहाबाट विष्णुपुर गाउँपालिकातर्फ जाँदै गरेका शिव मनी ट्रान्सफरका सञ्चालक कुशेश्वर यादवलाई हतियार देखाई सिरहा नगरपालिका–८ बाट आइतबार उक्त पैसा लुटिएको हो। सिरहा–चोहर्वा सडकको गुलरिया नजिक यादवलाई लुटिएको प्रहरीले जनाएको छ।

यादवले सिरहा स्थित ग्लोबल आईएमई बैङ्कबाट उक्त रकम झिकेर कार्यालय जाँदै गरेको जनाईएको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले यादवलाई रोकेर पेस्तोल देखाई उनीसँग भएको रकम लुटी भागेको सिरहा प्रहरीले जनाएको छ।

त्यसवाहेक ग्लोवल आईएमई बैंकको २ र राष्ट्रिय बाणिज्य बैंकको ३ थता खाली चेक र मोवाईल समेत उनिहरुले लिएर गएको खुलेको छ। रकम लिएपछि लुटेरा समुहले यादव चढेको स ९ प ६३१० नम्बरको मोटरसाइकलसडकमै लडाई एिका थिए।

लुटपाट गर्नेको खोजी भइरहेको सिरहा प्रहरीका डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट