पोखरामा घाँटीको सिक्री थुतेर भाग्दै गरेका २ भारतीय महिला पक्राउ
काठमाडौं– पोखरामा महिलाहरुले लगाएको सिक्री थतेर भाग्दै गर्दा आईतवार २ भारतीय महिला पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–९ नयाँबजार गाडीबाट झर्ने क्रममा तनहुँको ब्यास नगरपालिका–३ घर भएकी ६० वर्षीया महिलाको सिक्री तानेर भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन।
भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन पक्राउ परेको प्रहरीले जनाएको छ। सिक्री लगाउने र सिक्री तान्ने तीनै जना महिला एउटै गाडीमा रहेको र झर्ने क्रममा सिक्री तानेर फरार भएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट १ तोलाको सिक्रीसमेत बरामद भएको कास्की प्रहरीले जनाएको छ।
प्रतिक्रिया