घरजम गर्ने तयारीमा नोरा फतेही, धार्मिक र इमानदार पतिको खोजी

काठमाडौं– बलिउडकी डान्सिङ गर्ल नोरा फतेही ‘भगवानप्रति विश्वास राख्ने’ जिवन साथीको खोजीमा लागेकी छिन। आफूले सोचेजस्तो इमानदार र सुन्दर जीवनसाथी भेटे विवाह गर्ने उनको तयारी छ।
नोराले हालै एक अन्तरवार्तामा आफ्नो व्यक्तिगत जीवन अनि विवाहप्रतिको धारणाबारे कुरा गरेकी थिइन्। उनले यसअघि विवाह प्रतिको आफनो धारणा सतही रहेको भन्दै अहिले कयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरुपमा बदलिएको बताएकी छिन्।
आफ्नो जीवनसाथीमा कुन–कुन गुण हेर्न चाहानु हुन्छ ? भन्ने प्रश्नमा उनले भनेकी छिन्–‘म भगवानप्रति विश्वास गर्ने जीवनसाथीको खोजीमा छु। मेरो लागि पैसा पछिको कुरा हो। त्यो भन्दा पहिले व्यक्तिको मन राम्रो हुन जरुरी छ। साँच्चै भन्ने हो भने आजको संसारमा स्वार्थी मानिसहरू धेरै छन्। यिनीहरू अरूबाट फाइदा लिन खोज्छन्, फाइदा मिल्दासम्म केही वर्ष सँगै बस्छन् अनि जान्छन्।’
पहिले आफूले गलत चीजहरू खोजिरहेको पनि उनले बताइन्। यतिबेला चाहिँ उनी एउटा इमानदार जीवन साथीको खोजीमा छिन्, जो सुन्दर पनि होस्। नोरा हालै कमेडी फिल्म ‘मडगाउँ एक्सप्रेस’मा देखिएकी थिइन् । यो फिल्ममा उनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए।