सुनसरीका ५ पालिकामा लागेको कर्फ्यु हट्यो, घट्नामा संलग्न एक जना पक्राउ

इटहरी– दुई समुदयबीच झडप हुन थालेपछि सुनसरीका पाँच पालिकामा लगाइएको कर्फ्यु हटेको छ। सुनसरीका सीडीओ जयनारायण आचार्यले कर्फ्यु हटेको बताए।

स्थानीय प्रशासनले हरिनगरा, कोशी, देवानगन्ज र भोक्राहा नर्सिङ गाउँपालिका र इनरुवा नगरपालिकामा कर्फ्यु लगाएको थियो। हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाका छोरा फैजान अन्सारीको नेतृत्वमा स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि झडपको अवस्था आएको थियो।

कुटपिटमा संल्गनविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरिले एक जनालाई पक्राउ र अन्यलाई पक्राउ पुर्जीको अनुमति लिएको छ। सोही विवादका कारण सुरु भएको झडप अनियन्त्रित हुन नदिन प्रशासनले कर्फ्यु लगाइएको थियो।

एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको थियो। दुवै समूहका स्थानीयहरु झडपमा उत्रिएपछि गत शुक्रबार साँझबाट करफ्यु लगाईएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट