भाटभटेनीमा लागेको आगो निभ्यो

काठमाडौँ– राजधानीको कलंकीमा रहेको भाटभटेनीमा लागेको आगो नियन्त्रण भएको छ। शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो।
आगलागि भएको केही समयपछि नै आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ। आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको प्रहरीले जनाएको छ।
जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो।
प्रतिक्रिया