यूएईमा श्रीमतीलाई ५ तलामाथिबाट फालेर हत्या गरेका नेत्र भारतीय पासपोर्ट प्रयोग गरी भागेको आशंका
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) को अजमानस्थित अपार्टमेन्टको पाँचौ तलबाट खसेर पत्नीको मृत्यु भएपछि फरार भएका एक नेपाली अझै सम्पर्कमा आएका छैनन्। पत्निको हत्या गरेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ।
अर्घाखाँचीको पाणिनी–५ मैदानकी २९ वर्षीया राधिका न्यौपाने (राधा) को गत २५ चैतमा अजमानस्थित चाइना मलको भवनबाट खस्दा मृत्यु भएको थियो। त्यसयता उनका पति कैलालीका नेत्रप्रसाद न्यौपाने (नविन) फरार छन्।
नेत्रले नै पत्निलाई कुटपिटपछि धकेलेर हत्या गरेको आरोप छ। राधिकाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। घटनालगत्तै प्रहरीले खोजी गरिरहेको भए पनि अहिलेसम्म नेत्रलाई फेला पार्न नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले जनाएको छ।
नेत्रप्रसादको अन्तिम लोकेसन नजिकैको बन्दरगाह देखिएको छ। उनीसँग भारतको समेत राहदानी भएकाले त्यही प्रयोग गरेर सामुन्द्रिक बाटोमार्फत भागेको हुनसक्ने यूएई प्रहरीले आशंका छ। पति पत्निकाबीचमा भएको विवादका क्रममा नेत्रले राधिकाको टाउकोमा बोतल प्रहार गरेको र घाईते भएपछि उचालेर तल फालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घले जनाएको छ।
परिस्थितिजन्य प्रमाण हेर्दै यूएई प्रहरीले पनि नेत्रले नै राधिकाको हत्या गरेको बताएको छ।
प्रत्यक्षदर्शीका अनुसार राधिकालाई तल फालेपछि उनी हतारिँदै भागेका थिए। नातामा राधिकाको भाई पर्ने थानेश्वर घिमिरेले भनेका छन्–‘भिनाजू बाहिर हतारिँदै आए। अब फसिन्छ भन्दै मलाईसमेत भाग्न लगाए। च्यसैले डराएर म पनि भागेँ। तर, भोलिपल्ट प्रहरीकहाँ गएर सबै कुरा बताएँ।’ उनलाई प्रहरीले २ दिन हिरासतमा राखेर छोडेको थियो।
परिवारका सदस्यले दिएको जानकारी अनुसार राधिका पहिला कपिलवस्तुको बौरियामा ब्यूटीपार्लर चलाउँथिन्। पछि उनी स्किल भिसामा यूएई गएकी हुन्। आफू उता गएपछि केही समय भारतमा काम गरेर फर्किएपछि वर्कसपमा काम गर्दै गरेका पति नेत्रलाई पनि उतै बोलाएकी थिईन।
नेत्र र राधिकाले २ वर्षअघि अघि मात्रै विवाह गरेका हुन। राधिकाको यो दोस्रो बिवाह थियो। अघिल्लो पतिबाट राधिकाकी ९ वर्षीया छोरी छिन्। उनी नेपालमै छिन्।
यो पनि,