इटहरीमा मलामीद्वारा चिपर्टले हिर्काएर घाटमा काम गर्ने कामदारको हत्या

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी गएका युवाहरुले चिर्पटले हिर्काएर त्यहाँका कामदारको हत्या गरेका छन्।

घाटमा दाउराको हार मिलाउँने र शव जलाउँने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहारबाट मृत्यु भएको हो। प्रहरीका अनुसार घाटमा इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका थिए।

तिनै मध्येका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पटले हानेर विनोदको हत्या गरेको जनाईएको छ। प्रहरीका अनुसार घट्नाअघि विनोद र दुई युवाबीच विवाद भएको थियो।

त्यसपछि उमेश र अनिलले बिनोदमाथि चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले बताए। गम्भीर घाइते भएका बिनोदलाई इटहरीको वेदान्त हस्पिटल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ भने अनिल फरार भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट