सिलिङमा रहेको वनमौरीले टोकेर ४३ वर्षीय वीरबहादुरको मृत्यु !
काठमाडौँ– घरकै सिलिङमा रहेका वनमौरीका घारबाट निस्किएका मौरीले टोकेपछि बर्दियामा एक जनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको मौरीको टोकाइबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी रेशम बोहराका अनुसार गत कात्तिक २४ गते दिउँसो करिब १ बजे वनमौरीले टोकेपछि थारु बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पु¥याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा दिउँसो करिब ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मौरीले टोकेपछि अवस्था गम्भीर बनेका थारुलाई बचाउने प्रयास सफल हुन सकेन। प्रहरीका अनुसार थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार थिए। ती घारबाट निस्किएका मौरीले टोकेपछि उनको मृत्यु भएको प्रारम्भिक विवरण छ।
घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको प्रहरीले जनाएको छ।
लोकप्रिय
चार वर्षको सजाय, तीन वर्षमै रिहाइ ! नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी जेलबाट छुट्दै

