विराट निदान हस्पिटल गैरकानुनी रुपमा सञ्चालन भएको खुलासा

विराटनगर– मोरङको विराटनगर– ३ स्थित विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टर गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाईएको छ। दर्ता प्रक्रिया नै पुरा नगरी विगत तीन महिनादेखि सो अस्पतालले आफ्ना सेवा सञ्चालन गर्दै आएको खुलेको हो।

कोशी अस्पतालमा आउने विरामीलाई राम्रो उपचारको नाममा आकस्मिक कक्षबाट रेफर गराएर सो अस्पतालले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको स्रोतको दावी छ। निर्माणधिन भवनमै अस्पतालको बोर्ड लगाएरसेवा सञ्चालन गरेको अस्पतालमा आवश्यक पुर्वाधार भने नरहेको जनाईएको छ।

स्रोतका अनुसार अस्पताल सञ्चालनको लागि चाहिने भवनको मापढण्ड समेत पूरा नभएको पाईएको छ। नियमनकारी निकायले अस्पतालको अनुगमन नगर्दा राम्रो उपचारको नाममा विराटनगरमा आउने सर्वसधारणले सास्ती खेप्नु परेको छ।

सिटि सफारी र अटो चालक प्रयोग गरेर बिमारी ल्याउने र उपचार गर्दै मोटो रकम असुल्ने गरेको विरामीका आफन्तहरुले नै गुनासो गर्ने गरेका छन्। सिरहाका रमेश यादवले आफूलाई कोशीमा बेड नभएको भन्दै कोशी अस्पतालको आकस्मिक कक्षबाट त्यहाँ पु¥याएको बताए।

कोशी अस्पतालको आकस्मिक कक्षमा आएका दैनिक २ देखि ५ जनालाई बिरामीलाई विराट निदानमा पठाउने गरेको खुलेको छ। चिकित्सक समेत पूर्णरुपमा नरहेको सो अस्पतालमा विरामी अनुसारको चिकित्सकलाई कल गरेर बोलाउने गरेको बताइएको छ।

भवन समेत पूर्णरुपमा निर्माण नहुँदा महानगरबाट प्राप्त हुने स्वीकृति समेत नपाएको अस्पतालमा चिकित्सक र र त्यहाँ स्वास्थ्य परीक्षण गर्ने उपकरण समेत पूर्णतः नभएको स्रोतले जनाएको छ। यसअघि विराटनगरको रेडक्रम परिसरमा सञ्चालन रहेको रेड प्लस अस्पतालका सञ्चाकहरूले नै नाम फेरेर बिराट निदान सञ्चालन गरेको बताए।

अस्पतलमा कार्यरत एक कर्मचारीका अनुसार रेडप्लस अस्पतालको नाममा स्वीकृति नपाउने भएपछि विराट निदानको नाममा दर्ता गर्न प्रक्रियामा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट