भारतमा सल्काएको आगो नेपाल पसेर १ पोल्ट्री फार्म र ५ घरमा आगलागी

वीरगञ्ज– भारतको बिहारमैनाटाड नजिकै रहेको वसन्तपुर सेख टोलमा सल्काएको आगो नेपाल पसेर एउटा पाल्ट्री फार्मसहित ५ वटा घर आगलागी भएको छ।

एक महिलाले गहुँको छवालीमा सल्काएको आगोको झिल्का पर्सा छिपहरमाई गाउँपालिका–१ भलुवहिया स्थित बस्तीसम्म आएपछि आगलागी भएको हो।

आगोले स्थानीयका ५ वटा घर, कुखुरा फार्म र अन्दाजी १० बिघा बराबरको गहुँ जेलर नष्ट भएको छ। बलुवहिया निवासी किसून देव पासवान, मुकेश पासवान, रूपा पासवान, सन्तोष पासवान, लखन पासवानको घर जेलर नष्ट भएको छ भने मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेको छ।

पोखरिया नगरपालिका र वीरगन्जको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

ईलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर मोहनविक्रम केसीका अनुसार भलुवहीयाँ गाउँसँग जोडिएको सीमावर्ती भारतीय गाउँ बसन्तपुरको खेतमा गहुँ काटेर बाँकी रहेको छवाली (ठुटा) जलाउन आगो लगाईएको थियो। त्यही बेला चलेको हावाहुरीले आगोको लप्का भलुवहीयाँ गाउँको गहुँखेतमा सल्किएर त्यसैबाट आगलागी भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट