ज्योति मगरले स्पिकरमाथि खुट्टा राखेर भित्री बस्त्र देखाई दिएपछि…, भिड नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग

काठमाण्डौं– २३ चैतदेखि लमजुङको सदरमुकाम बेँसीसहरमा भएको आठौं लमजुङ महोत्सवमा गायिका ज्योति मगरले स्पिकरमाथि खुट्टा राखेर भित्री वस्त्र देखाई दिएपछि उत्तेजित भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्नु परेको छ।

महोत्सवको चौथो दिन पुगेकी ज्योतिले स्टेजमा लगभग डेढ घण्टा उफ्रिएरै विताईन। त्यस क्रममा उनले मञ्चबाट अपाच्य शब्दको वर्षा गरिन भने बेला–बेला स्पिकरमाथि खुट्टा राखेर भीडलाई उत्तेजित पारिरहिन।

उनले शुरुमै आफूले छोटो लुगा किन लगाएको भन्ने बारे प्रवचन दिईन। ‘सेतो, चिल्लो, मुलायम छाला, मोटा तिघ्रालाई नदेखाएर लुकाएर के राख्नु त। केटाहरूको जस्तो गठर्किएको भुत्लै भुत्ला भएको होर छोपेर हिड्नलाई? देखाउने भनेकै हामी केटीहरुले हो।’– उनले भनिन्।

यति मात्रै होईन, उनले कुरा काट्नेहरुको सोच नै बलात्कारी र कालो मन हुने गरेको वताईन। ‘कुरा काट्नेहरुको सोच नै बलात्कारी छ, मन कालो छ। कुरा त काटिहाल्छन नि हैन?’ उनको यो प्रश्न मञ्चमा बसेका उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ र दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीतर्फ लक्षित थियो।

उनले आफनो पछाडिको भाग हेरेर र्याल नकाढ्न पनि दुवैलाई सचेत गराईन। ‘आफ्नो अगाडिको भन्दा पछाडिको अझ देखिएकोले ¥याल त काढ्नु भएको छैन नि है’– उनले प्रश्न गरिन। त्यसपछि उनले ‘खोली भित्र पानी, चोली भित्री जवानी’, ‘चानचुने त कहाँ हो र जिम्मल बाउ कि छोरी’ र ‘म त नाच्ने हो छोटो सारीमा’ जस्ता गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिईन।

ज्योतिको उत्ताउलो गीत र हर्कतलाई पाका उमेरका आमावुबाहरुले भने पचाउन सकेनन्। उनीहरु ‘छ्या, कस्ती छाडा आइमाई’ भन्दै महोत्सव स्थलबाट निस्किएका थिए। तर, उनले स्पिकर माथि खुट्टा चढाउने र भित्रि वस्त्र देखाउने कामलाई निरन्तरता दिईनै रहिन। उनको यो हर्कतका कारण कतिपय युवाहरुले स्टेजमै चढ्ने प्रयास गरे। उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर रोक्यो।

स्पिकरमाथि खुट्टा राख्दा भित्री बस्त्र देखिएपछि स्टेजको मुनी वसेका एक जना भारतीय पेन्सनधारी गुरुङ थरका बाजेले ‘देखियो, देखियो…’ भन्दै ज्योतिलाई उकासे। त्यसपछि उनी झन घुमीघुमी त्यही खुट्टा राख्न पुगिरहिन।

महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थियो। आयोजक लमजुङ उद्योग वाणिज्य सघले २१ लाखमा तेजबहादुर कार्की नामका ठेकेदारलाई महोत्सव गर्ने जिम्मा दिएको छ। ठेकेदारले ज्योतिलाई महोत्सवमा सहभागि गराउन एक लाख रुपैयाँ खर्च गरेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *