मलेसियामा नौसेनाका दुई हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको मृत्यु
काठमाडौं– सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो।
हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। दुर्घटनामा परेको एउटा हेलिकप्टरमा ७ जना र अर्कोमा ३ जना सवार थिए।।
दुवै हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको मलेसियन रक्षा मन्त्रालयले जनाएको छ। सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण पत्ता लगाउन एक छानबिन बोर्ड गठन गर्ने जनाएको छ।
रक्षामन्त्री दातुक सेरी मोहम्मद खालेद नोर्डिनले दुर्घटनाको कारण पत्ता लगाउन बोर्ड गठन गरिने जानकारी दिए। दुर्घटनाग्रस्त एक हेलिकप्टर स्विमिङ पुलमा दुर्घटनाग्रस्त भयो र अर्को सैन्य परिसरभित्रको स्टेडियममा खसेको थियो।
प्रतिक्रिया