इन्स्योरेन्सका कर्मचारीलाई अपहरण गरेर भारततर्फ लाँदै गरेका सप्तरी र सिरहाका ५ जना पक्राउ

राजविराज– इन्स्योरेन्स कम्पनीमा कार्यरत उदयपुरका एक ब्यक्तिलाई अपहरण गरेर भारततर्फ लाँदै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना सप्तरीको सप्तकोशी नगरपालिका र २ जना सिरहाका छन्।

प्रहरीका अनुसार आरोपितहरुले उदयपुरको कटारी नगरपालिका– १० का लालबहादुर थापालाई मंगलबार दिउँसो धनुषाको मिथिला नगरपालिका ६ बाट नियन्त्रणमा लिएका थिए। उनलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा सर्लाहीबाट उद्वार गरिएको प्रहरीको भनाई छ।

अपहरणको जानकारी पाएपछि खटिएको सप्तरी प्रहरीले थापालाई सकुशल उद्वार गरेको छ। त्यस क्रममा सप्तरीको सप्तकोशी नगरपालिका–१ का जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा तथा सिरहाको गोरबजार नगरपालिका ६ का शंकर लामा र गोलबगार नगरपालिका २ का अरुण कुमार लामालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

धनुषा प्रहरीका डीएसपी रञ्जन अवाका अनुसार इन्स्योरेन्स कम्पनीका कार्यरत रहेका थापासँग लेनदेनको विवादपछि अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट