बोलेरोको ठक्करबाट मृत्यु भएका मोटरसाईकलमा सवार तीनै जना एकै गाउँका

दमक– झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुने तीनै जना एकै गाउँका भएको खुलेको छ।

मृत्यु हुनेमा झापा कमल गाउँपालिका–४ का २० वर्षीय युनिस भण्डारी, १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम राई छन्।

बिहान करिव साढे ५ बजे दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नं. को मोटरसाइकल र बिपरित दिशामा जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नं. को बोलेरो जीप ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनजना मध्ये २ जनाको घट्नास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको थियो।

बोलेरो चालक झापाको मेचीनगर नगरपालिका–६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट