रविलाई ‘सहकारी ठग’ भन्दा प्रहरीले यातना दिएपछि साईबर ब्युरोमै एक युवकले विष खाए (भीडीओसहित)

काठमाण्डौं– फेसवुकमा गृहमन्त्री रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै कमेन्ट गर्दा प्रहरीले मानसिक तनाव दिएपछि एक युवकले नेपाल प्रहरीको साईवर ब्युरोमै विष सेवन गरेका छन्। प्रहरीनको तनाव थेग्न नसकेर विष सेवन गर्ने युवक जाजरकोटका गणेशमान सिंह हुन। उनलाई तत्कालै उद्वार गरी अस्पताल भर्ना गरिएको छ। हाल उनको वीर अस्पतालमा उपचार भईरहेको छ।

सिंहले अस्पतालको वेडबाट एउटा भीडिओ शेयर गर्दै रवि लामिछानेका विषयमा कमेन्ट गरेकै आधारमा साइबर ब्युरोले लगातार बोलाउने, धम्क्याउने, जेल हाल्नेलगायतका त्रास देखाएर तनाव दिएपछि आफुले विष सेवन गरेको बताएका छन्।

बुधबार सार्वजनिक भएको भीडिओ अनुसार सिंहले दुई महिनाअघि रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै फेसवुकमा कमेन्ट गरेका थिए। तर, प्रहरीले यतिवेला आएर आफुलाई ब्युरोमा बोलाएर विभिन्न कुराहरु सोध्दै तनाव दिएको उनले गुनासो गरेका छन्।

यता, नेपाल प्रहरीको साईबर ब्युरोले भने ति युवकले झुठो बोलेको जनाएको छ। आफूमाथि लागेको अपराधबाट उम्किन उनले प्रहरीमाथि लान्छना लगाएको ब्युरोको भनाई छ। नेपाल प्रहरीको साईबर ब्यूरोले जारी गरेको एक विज्ञप्तीमा भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियोबारे ध्यानाकर्षण भएको जनाईएको छ।

ब्युरोका अनुसार ऋषीराज झा नामको फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरी हैरानी दिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। उजुरीबारे अनुसन्धान गर्दा उक्त आइडी जाजरकोटका गणेशमान सिंहले चलाउने गरेको खुलेको थियो।

त्यसपछि प्रहरीले उनलाई प्रहरी कार्यालय बोलाएको थियो। १२ वैशाखमा उनी ब्युरोको कार्यालयमा पुगेका थिए। उनको साथीले दिएको पूर्व जानकारी अनुसार सिंह सोधखोजका क्रममा २ स्ट्रिप सिटामोल खाएर आएका थिए। त्यसपछि प्रहरीले तत्कालै उरेको थियो। वीर अस्पताल लगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट