वीरगन्जमा प्रहरीले गोली चलायोः लाल मोहम्मद हत्या प्रकरणका आरोपी बब्लु पासवान घाईते

काठमाडौं– पर्साको वीरगन्जमा प्रहरीले चलाएको गोली लागि भारतको मोतिहारीस्थित रक्सौलका नागरिक करिव ४१ वर्षीय बब्लु पासवान घाईते भएका छन्। पासवानको देब्रे खुट्टामा गोली लागेपछि उपाचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार पासवान काठमाडौंको गोठाटारमा ३ असोज २०७९ मा मारिएका लाल मोहम्मद हत्यामा संलग्न मध्ये एक हुन। उनको साथबाट प्रहरीले ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ। प्रहरीसँग जम्काभेट भएपछि उनले प्रहरीलाई आक्रमण गर्न खोजेको र प्रहरीले गोली चलाएको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले वताए।

ढुंगेलका अनुसार पासवान व्यवसायी सुरेश केडियाको अपहरण गरेको कसुरमा २ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।

०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहले गोली लागेर मोहम्मदको हत्या गरेको थियो। उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको र उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ।

उनी पकिस्तानी पुग्तचर संस्था आईएसआईको एजेन्ट भएको भारतले आरोप लगाएको छ। लालमोहम्मद हत्या घट्नामा गणेशकुमार भनिने पासवानले पेस्तोल र त्यसमा लाग्ने गोली वीरगञ्जका २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई दिएर पठाएका थिए। उनीहरुले काठमाडौंमा आएर बब्लुले प्रयोग गरेका ‘दिनेश’ भनिने व्यक्तिलाई हतियार दिएका थिए। त्यसवापत बब्दुले उनीहरुलाई ४० हजार रुपैयाँ दिने बताएका थिए।

हाल फरार रहेका नितिन मदनले व्यवस्थापन गरेको मोहम्मदको घर नजिकैको ‘कोशी पारि गेष्ट हाउस’मा सुटरहरु बसेका थिए। मोहम्मद मारिनु केहीअघिदेखि सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भनिने ममता तिवारीले मोहम्मदको रेकी गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ।
त्यसबेला मोहम्मदको सम्पूर्ण ‘मुभमेन्ट’को विवरण ह्वाट्स एपमार्फत भारतमा पासवानलाई पठाएको भेटिएको थियो। अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनको मोबाइलमा मोहम्मद मारिनुअघिको फोटो तथा भिडियोहरु पठाइएको थियो।

१४ असोज २०७९ पक्राउ परेकी स्याङ्तानले रेकी गरेवापत बब्बुले तिवारीको खातामा डेढ लाख रुपैयाँ जम्मा गराइदिने सहमति भएको खुलाएकी थिइन्। मोहम्मदलाई गोली लागेपछि तिवारीले आफूलाई फोन गरेर ‘अब यहाँ बस्नु सुरक्षित छैन, रक्सौल जाउँ’ भनेको उनले बयानमा भनेकी छन्।

त्यसपछि वीरगञ्ज गएर बसेको, त्यहाँबाट लखनउ गएर ८–१० दिन बसेको र त्यसवापत सम्पूर्ण खर्च पासवानले नै व्यहोरेको उनले खुलाएकी छन्। यो घटनामा सलग्न बब्लुसहित भारतीय नागरिक राजु भन्ने दिनेश, गड्डु पटेल, नितिन मदन लगायत अझै फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट