सलमान खानको घर वाहिर गोली चलाएको घट्नाका आरोपी अनुजको हिरासतमै मृत्यु

काठमाण्डौं– बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घरबाहिर गोली चलाएको घट्ना अनुशन्धानका क्रममा पक्राउ परेका मध्ये अनुज थापनको मृत्यु भएको छ। उनी गोली प्रहार गर्ने युवालाई हतियार दिएको आरोपमा पक्राउ परेका थिए।

अनुजले हिरासतमै आत्महत्याको प्रयास गरेका थिए। उनलाई तत्कालै नजिकैको अस्पताल लगिए पनि उपचार नपाउँदै मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ। यो प्रकरणमा पछिल्लो साता प्रहरीले पन्जाबबाट २ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा ३७ वर्षीय सोनू सुभाष चन्द्र र ३२ वर्षका अनुज थापन थिए। अनुज लरेन्स बिश्नोई ग्याङको सम्पर्कमा रहेको र उनले ट्रक चालकको रूपमा काम गर्दै आएको बताइएको छ। मुम्बई प्रहरीको अपराध शाखाले सूरतको तापी नदीबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको जनाएको छ।

यी हतियार १४ अप्रिलको बिहान ५ बजेतिर अभिनेताको बान्द्रास्थित घरबाहिर गोली प्रहारमा प्रयोग भएको प्रहरीले दाबी गरेको छ। आक्रमणकारीलाई यी हतियार अनुज र सुभाषले दिएका थिए। यो प्रकरणमा पक्राउ परेका बिश्नोई ग्याङका दुई सुटर विक्की गुप्ता र सागर पाल पनि प्रहरी हिरासतमै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट