भक्तपुरमा इनार खन्दा ग्याँस निस्किएर निसासिएपछि २ जनाको मृत्यु

काठमाण्डौं– भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर बुधबार दुई जनाको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका–४ खनालचोकमा इनार खन्ने क्रममा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भएका ४६ वर्षीय दिपक सुनुवार र उनका भतिजा २८ वर्षीय सन्देश सुनुवारको मृत्यु भएको हो। उनीहरु २ वर्षदेखि खनालचोकमै टहरो बनाई बस्दै आएको प्रहरीले जनाएको छ।
आफु वसिरहेको जग्गामा इनार खन्ने क्रममा करिव ५५ फिट तल पुग्दा ग्यास निस्किएर अक्सिजन कम हुँदा उनीहरु निसासिएर वेहोस भएका थिए। उनीहरुलाई काठमाण्डौ महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त प्रयासमा उद्वार गरी अस्पताल पुर्याएको थियो।
भक्तपुर अस्पताल उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया