सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने नेपालको निर्णयले भारतीय मिडियाको छाती चिरियो

राजविराज– नेपाल सरकारले १ सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) राख्ने निर्णय गरेको विषयलाई लिएर भारतीय मिडियामा हंगामा भएको छ। भारतका अधिकांश मिडियाले यो विषयलाई समाचार बनाएका छन्।

भारतीय मिडियाले भारतको भुभागलाई समेटेर नेपालले बनाएको नयाँ नक्सालाई नोटमा राख्न लागेको भन्दै समाचार बनाएका छन्। जागरण डटकमले उत्तराखण्डाको त्यो क्षेत्र नेपालले कृत्रिम रूपमा विस्तार गरेको दावी गरेको छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको मन्त्रिपरिषदको वैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्शा छाप्ने निर्णय गरेको छ। यो नयाँ नक्सामा भारतका तीन भारतीय भुभागलाई नेपालमा देखाईएको छ।’– जागरणले लेखेको छ।

यसअघि १८ जुन, २०२० मा आफनो राजनीतिक नक्सामा नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरेको र त्यसका लागि नेपालको संविधानमा पनि संशोधन गरिएको समाचारमा उल्लेख छ।

‘भारतले नेपालको यो कृत्यप्रति कडा आपत्ति जनाएको थियो र यसलाई नेपालको एकतर्फी विस्तारवादी कदम घोषणा गरेको थियो। चीन र नेपालको नजिकमा रहेको यो क्षेत्र हमेशा भारतको हिस्सा हो। भारतले सीमा क्षेत्रमा आधारभुत संरचना तयार गर्ने उदेश्यले जव सडक निर्माण सुरु गर्यो, त्यसपछि नेपालको चीन समर्थक केपी शर्मा ओली सरकारले आपत्ति जनाउँदै त्यो क्षेत्रलाई नेपालको भुमी बताएको थियो।’– समाचारमा भनिएको छ।

यो प्रकरण राष्ट्रिय अस्मितासँग जोडिएकाले नेपालका विपक्षी दलले पनि विरोध गर्न नसकेको र संसदको स्वीकृतिमा ती क्षेत्रलाई नेपालको राजनीतिक नक्शामा समावेश गरिएको समाचारमा जनाईएको छ।

यो विषयमा भारतका चर्चित मिडियाहरु आजतक, अग्निवन, जागरण, इण्डिया टिभी, जनसत्ता, अमर उजाला, नवभारत टाईम्स, पत्रिका न्यूज, दैनिक भास्कर, जी विजनेस लगायतले प्रमुखताका साथ प्रसारण गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट