पेस्तोल देखाएर सहकारीको ८० लाख रुपैयाँ लुटपाट, लुटेराको पहिचान भएन

जनकपुर– धनुषाको जनकपुरमा एक सहकारी संस्थाको ८० लाख रुपैयाँ हतियार देखाएर लुटपाट गरिएको छ।

जनकपुरस्थित हिमालयन बैंकबाट रकम निकालेर धनुषाकै सबैला नगरपालिका–१२, रघुनाथपुर स्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थामा जाँदै गरेका कर्मचारीको साथबाट रकम लुटपाट भएको हो।

झोलामा पैसा बोकेर जाँदै गरेका सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोला मोटरसाईकलमा आएका दुई जनाले जनकपुरधाम उपमहानगरपालिका–१९, थुमौना गाउँमा रोकेका थिए। त्यसपछि उनीहरुले पेस्तोल देखाएर रकम लुटपाट गरेको उनको भनाई छ।

महतोले प्रहरीलाई यही वयान दिएका छन्। लुटपाटमा संलग्न भनिएकाहरुको पहिचान खुलेको छैन। धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट