विवादमा परेपछि सिरहाका एसपी आचार्य तीन महिनामै फिर्ता, रमेश पण्डित आउँदै

लहान– विचौलियासँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप लागेका सिराहा प्रहरीका एसपी सन्तोष आचार्य प्रहरी प्रधान कार्यालय तानिएका छन्।

हुण्डी कारोवार र तस्करीको सेटिङ मिलाउने काममा नाम चलेका स्थानीय साह थरका ब्यक्तिसँग मिलेर आचारण विपरितको काम गरेको उनीमाथि आरोप थियो।

तीन महिनाअघि मात्र सिराहा प्रहरीको प्रमुखका रुपमा सरुवा भएका आचार्यसँगै इलामका एसपी वासुदेव खतिवडालाई पनि फिर्ता बोलाइएको छ। सिराहामा रमेश पण्डितलाई पठाइएको छ।

प्रहरी प्रधान कार्यालयले भने उनीहरुलाई हटाउनुको कारणबारे केही बताएको छैन। यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरु हटाइएका थिए। तीमध्ये कतिपय एसपी विवादास्पद छविका थिए।

एसपीसम्मको सरुवा आईजीपीले गर्छन्। सामान्यतया कार्यालय प्रमुखलाई एक वर्षभन्दा कम अवधिमा हटाउन नपाउने र हटाउन परे कारण दिइनुपर्ने नियमावलीको व्यवस्था छ।

गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवामा हस्तक्षेप नगर्ने तर अनियमिततामा मुछिनेविरुद्ध कडा कारबाही गर्ने बताउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट