नेपाली क्रिकेट खेलाडीलाई इतिहाँसमै पहिलो पटक विजनेश क्लासको टिकट, सोमपाल दङ्ग

काठमाडौं– अमेरिकामा हुन लागेको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन गएको नेपाली राष्ट्रिय क्रिकेट टीम विजनेश क्लासमा यात्रा गर्न पाउँदा दङ्ग परेको छ। नेपाली क्रिकेट खेलाडीका लागि विजेश क्लासको टिकट मिलाईएको सम्भवत यो नै पहिलो रेकर्ड हो।
विश्वकप सुरु हुनु एक महिना अघि नै अमेरिका हिडेको क्रिकेट टीमले नेपालबाट कतार र कतारबाट अमेरिका जाने दुवै जहाजमा विजनेस क्लासमा यात्रा गरे। गत २१ वैशाखमा आयोजना गरिएको विदाई कार्यक्रम पनि सोल्टी होटलमा राखिएको थियो।
त्यसको भोलिपल्ट उनीहरु अमेरिकातर्फ प्रस्थान गरेका हुन्। काठमाडौंबाट कतार एयरवेजको जहाजबाट उडेका खेलाडीहरु दोहाको ट्रान्जिटपछि त्यहाँबाट अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।
बलर सोमपाल कामीले त पछिल्लो यात्राको भ्लग नै बनाएर युट्यूवमा पोस्ट गरेका छन्। खास गरी नेपाल क्रिकेट संघ (क्यान) मा पारस खड्का आएपछि खेलाडीहरुको लाइफ स्टाइल परिवर्तन हुन थालेको वताईन्छ। उनले खेलाडीहरुको सेवा सुविधालाई अत्यधिक महत्व दिने गरेका छन्।