विवादको भुमरीमा सिरोहियाको नागरिक्ताः अंगिकृत नागरिकका छोराले कसरी बनाए बंशजको नागरिक्ता ?

काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिक्ता विवादको भुमरीमा परेको छ। उनका वुबा घासिराम मारवाडी नेपालको अंगीकृत नागरिक नागरिक भएको खुलेपछि उनको नागरिक्ता थप विवादित वनेको हो।

घासिरामको नागरिक्ताको बारेमा जानकारी वाहिर आएपछि अंगिकृत नागरिकको छोरा कसरी वंशजको नागरिक भयो ? भन्ने कोणबाट प्रश्न उठेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको २०३४/३५ को अस्थायी निस्सा अनुसार ३९६९५९६८ नागरिकता नम्बरमा घासीराम माडवारीलाई अंगीकृत नागरिकता दिइएको पाईएको छ।

भारतको राजस्थानका रोशनलाल माडवारीका छोरा घासिराम माडवारीले ५६ वर्षको हुँदा अंगिकृत नागरिक्ता लिएको देखिन्छ। रेकर्डमा उनले कहिले नेपाली नागरिकता लिए भन्ने खुलेको छैन भने उनले नागरिकता लिँदाको कागजपत्र समेत फेला परेको छैन।

कैलाश सिरोहियाले सार्वजनिक गरेको नागरिकतामा नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको देखिन्छ। नेपालको नागरिकता ऐन २०२० मा यो’ ऐन प्रारम्भ भएपछि जन्मेको कुनै ब्यक्तीको बाबु निजको जन्महुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ती बंशजको नाताले नेपालको नागरिक हुनेछ’ लेखिएको छ।

‘त्यस्तो व्यक्तीको जन्म नेपाल बाहिर भएको रहेछ भने सो जन्म भएको कुरा निजको जन्म भएको मितिले एक वर्षभित्र तोकिए बमोजिम शाही नेपाली राजदूतावास वा तोकिएको अन्य कुनै अफिसमा रजिष्ट्रेशन गराइएको हुनुपर्ने’ उल्लेख छ।

सो ऐन २०२० चैत १६ गतेबाट लागु भएको देखिन्छ। सो आधारमा ‘यो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै ब्यक्ती’ अर्थात २०२० चैत १६ पछि जन्मिएको ब्यक्तीको बाबु निजको जन्महुँदा नेपालको नागरिक रहेको अवस्थामा बंशजको आधारमा नेपालको नागरिक हुनसक्छ।

तर सिरोहियाले नै सार्वजनिक गरेको नागरिकता अनुसार उनको जन्म २०१९ सालमा भएको देखिन्छ। २०३४/३५ को अस्थायी निस्सामा घासिराम मारवाडीको विवरणमा अंगीकृत उल्लेख गरिएकाले उनी नागरिकता ऐन २०२० लागु भएपछि पनि अंगिकृत नागरिकको हैसियतमा नेपालमा रहेको देखिन्छ।

तत्कालीन कानुनले अंगीकृत नागरिकका सन्तानलाई जन्मसिद्ध नागरिकता दिन्छ तर पिताले अंगीकृत नागरिकता लिनुभन्दा अगाडि जन्मिएका सन्तानले भने जन्मसिद्ध नागरिकता पाउँदैनन्। उनीहरुले अंगीकृत नागरिकता नै लिनुपर्छ।

जानकारी अनुसार घासीरामका ४ सन्तान हुन। गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया, पुनम कुमारी सिरोहिया र कैलासप्रसाद सिरोहियाको विवरणमा गोपाल, गोविन्द र पुनमको नागरिकता अंगीकृत नेपाली लेखिएको छ भने कैलाशको जन्मसिद्ध नेपाली लेखिएको छ।

घासीराम सिरोहियाका पिताको २०६९ साउनमा मृत्यु हुँदा कान्तिपुरमा प्रकाशित समाचार अनुसार स्वर्गीय घासिरामको तीन छोरा र ६ छोरी छन्। ‘जेठा गोपाल र कान्छा कैलाश काठमाडौंमा तथा माहिला गोविन्दप्रसाद जनकपुरमै व्यवसाय गर्दै आएका छन्।’ भनेर समाचारमा लेखिएको छ। ६ छोरी लेखिए पनि दर्ता किताबमा एक छोरीको विवरण मात्र भेटिएको छ।

कैलाश सिरोहियाले एक्स(ट्विटर) सार्वजनिक गरेको नागरियकताको प्रतिलिपीमा २०३६ भदौँ २५ मा लिएको देखिन्छ। सो नागरिकताको प्रतिलिपी अनुसार उनले नागरिकता ऐन २०२० बमोजिम बंशजको नाताले नेपालको नागरिकता पाएका हुन। उनको दाई गोविन्दले २०३४ साउन २० मा नागरिकता ऐन २००९ अनुसार जन्मशिद्ध नागरिकता लिएको देखिन्छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट