कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले कसरी पाए दुईटा नागरिक्ता नम्बर ?

जनकपुर– सञ्चार उद्यमी कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया विरुद्ध जाहेरी दर्ता भएको धनुषाका एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे। सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन्।

सिरोहियाले धनुषाबाट नागरिकता प्राप्त गरेका हुन। सिरोहियाले विभिन्न स्थानमा प्रयोग गरेको नागरिकता नम्बर फरक–फरक रहेको र उनको नागरिकतामा उल्लेख नम्बरमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्कै व्यक्तिको नाममा समेत नागरिकता जारी भएको दाबी जाहेरीकर्ताले गरेका छन्।

जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको दाबी गरिएको छ। उनले नक्कली नागरिकताको प्रयोग गरिरहेको दाबीसहितको जाहेरीमा संलग्न कागजपत्रहरूमा सिरोहियाको ०१९ जन्ममिति राखेर २०३३/०३४ मा धनुषाबाट जारी भएको नागरिकता र २० भदौ ०३६ मा जनकपुर उप–महानगरपालिका–२ का शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकताको प्रतिलिपी संलग्न छ।

जसमा दुवै नागरिक्तको नम्बर एकै छ। यता, सिरोहियाले २८ असोज ०५७ मा पहिलो पटक लिएको प्रतिलिपिमा नागरिक्ता नम्बर केरमेट गरिएको छ। तर, ३९६९ बाट सुरु भएको नम्वर वुझन सकिन्छ। उनको पहिलो पटक जारी भएको नागरिकतामा प्रस्ट मिति उल्लेख छैन, २०३३/०३४ मात्र उल्लेख छ।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नागरिकता निकालेको देखिन्छ। उनको मतदाता परिचय पत्रमा पनि सोही नम्वर उल्लेख छ भने राष्ट्रिय परिचय पत्रमा पनि सोही नागरिकताको नम्बर प्रयोग भएको छ। राष्ट्रिय परिचय पत्रमा नागरिकता जारी मिति २०३३/०३४ को सट्टा पहिलो प्रतिलिपि निकालेको मिति २९ असोज ०५७ उल्लेख छ।

अर्कोतर्फ शिवजीको नागरिकता नम्बर र मतदाता परिचय पत्रमा उल्लेख नागरिकता नम्बर सिरोहियाको नागरिक्ता र मतदाता परिचय पत्रको नम्वरसँग मेल खान्छ। उनको नागरिकतामा २० भदौ ०३६ को मिति प्रष्ट छ। शिवजीले २० पुस ०८० पुस २० मा दोस्रो प्रतिलिपी निकालेको देखिन्छ।

नागरिकतामा उल्लेख भएको मिति अनुसार सिरोहियाको नागरिकता शिवजीभन्दा अगाडि जारी भएको देखिन्छ। सिरोहीयाले हिमालयन रि इन्स्योरेन्सको सेयर लागत पुस्तिकामा भने फरक नागरिकता नम्बर उल्लेख गरेका छन्। जसमा नागरिक्ता नम्वर २८३९ बाट शुरु हुन्छ। उनले बुझाएको नागरिकताको प्रतिलिपिमा भने ३९६९ बाटै नागरिकताको नम्बर शुरु भएको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट