परिवारसँग सम्पर्कविहिन भएकी स्नेहाका ७ दिनः काठमाण्डौंका सुनसान सडकमा बास, देवघाट र पशुपतिमा केको आश ?

काठमाडौँ– काठमाडौँको कलंकीबाट ७ दिनसम्म सम्पर्कविहिन भएकी इन्जिनियरिङ पढिरहेकी एक छात्रा जिन्दगीदेखि विरक्तिएर कहिले देवघाट र कहिले पशुपतिनाथमा भौतारिँदै हिडेको खुलेको छ। उनी मध्येराती काठमाण्डौंका सडकमा एक्लै घुमिहिडेको पनि खुलेको छ।

गत १९ वैशाखमा कलंकीबाट एकाएक हराएकी चितवनको कालिका नगरपालिका–६ जमुनापुरकी २० वर्षीया स्नेहा लामिछाने २६ वैशाखमा पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी थिईन। त्यस दिन पनि उनी आफैं परिवार वा प्रहरीको सम्पर्कमा आएकी होईनन्। परिवार र प्रहरीले खोजतालसका क्रममा उनलाई पशुपतिको आरती स्थलमा फेला पारेका हुन।

स्नेहा कलंकीमा मामाघरकी हजुरआमासँग बसेर सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा पढ्थिन। कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत उनी ७ दिनसम्म कहाँ र कस्तो अवस्थामा थिईन ? भन्ने कौतुहलता धेरैलाई छ। जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्कीका अनुसार उनी क्याम्पस बिदा भएको थाहा पाएपछि पशुपतिनाथ मन्दिरमा गइन्।

त्यही साँझ उनी गाडी चढेर चितवनस्थित देवघाटमा पुगिन्। एउटा भिडियो कुराकानीमा लामिछानेले आफू दुई दिन देवघाटमै बसेको बताएकी छिन्। घर जान भनेर हिँडे पनि घर जान मन नलागेपछि देवघाट गएको लामिछानेले बताएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेको अनुसार देवघाटबाट फर्केर उनी वसन्तपुरमा चिया बेच्नेको डेरामा बसेको बताए। वसन्तपुरमा चिया बेच्ने महिलाको डेरा बानेश्वरस्थित सुकुम्वासी बस्तीमा थियो। त्यहाँ एकदिन बसेर उनी पशुपतिनाथ मन्दिरमा गएर आरतीमा सहभागी भएकी हुन्।

कहाँ बस्नुभएको थियो भन्ने अनुसन्धान अधिकृतहरूको प्रश्नमा उनले भनेकी छन–‘बाटो मै बसेँ।’ वसन्तपुरमा राति १ बजे एक्लै हिँडेको देखेपछि चिया बेच्ने महिलाले उनलाई डेरामा लगेर राखेकी खुलेको छ। एसएसपी रजौरे भन्छन्–‘एकजना चिया बेच्नेको बानेश्वरमा डेरा रहेछ, त्यहाँ बसेर पशुपतिनाथ मन्दिरमा गएको खुलेको छ ।’

स्नेहालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।


प्रतिक्रिया

2 thoughts on “परिवारसँग सम्पर्कविहिन भएकी स्नेहाका ७ दिनः काठमाण्डौंका सुनसान सडकमा बास, देवघाट र पशुपतिमा केको आश ?

  1. बिबाह गरेर जाउ पथ्न मन नलागे पछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट