बन्चरोले हानेर दिनदहाडै २ महिलाको हत्या, अटो चालक पक्राउ
काठमाडौं– दाङको घोराही उपमहानगरपालिका–१०, पहेलपारमा शनिवार दिनदहाडै २ महिलाको हत्या भएको छ। महिलाहरुको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार बञ्चरो र कोदालोले हिर्काएर महिलाको हत्या गरिएको छ। कोठा भाडा लिएर बस्दै आएका ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनारको हत्या भएको उनले वताए।
सुनारको स्थाई घर सुर्खेत र बुढाको रूकुम हो। उनीहरुको हत्या आरोपमा प्रहरीले रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ गरेको छ। घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका घर्ती उनी पेसाले अटो चालक भएको प्रहरीले जनाएको छ।
हत्याको कारण खुलि सकेको छैन। अनुशन्धान भईरहेको एसपी केसीले वताए
प्रतिक्रिया