भारतीय दलालको विश्वास गर्दा ३ महिनादेखि बन्धक बनेका ६ बालबालिकासहित ३५ नेपालीको उद्वार

काठमाडौं– मजदुरीका लागि भारतको कश्मीर पुगेका ३५ नेपालीलाई बन्धक वनाएर राखिएको ठाउँबाट उद्वार गरिएको छ। उनीहरुलाई मधेशका सर्लाही, महोत्तरी र धनुषाका जिल्लाबाट कश्मीर पु-याईएको थियो।

दलालहरुले राम्रो आम्दानीको प्रलोभन देखाई त्यहाँ पुर्याउर उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइलसमेत खेसेर बन्धक बनाएका थिए। ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गर्दै धम्की दिएर काममा लगाएका थिए।

जानकारी अनुसार उनीहरुलाई जम्मूमा नाला निर्माणको काम भन्दै दैनिक ११ सय नेपाली रुपैयाँ दिने सर्तमा ३ महिनाअघि लगिएको थियो। तर, त्यहाँ नलगेर कश्मीरको श्रीनगर पु¥याइयो। त्यसपछि ठेकेदारले उनीहरुसँग भएका सबै सामान खोसे। तीन महिनादेखि लगातार काम गरेका उनीहरुलाई पैसा दिनुको सट्टा सधैं कुटपिट र धम्की दिईएको थियो।

‘तीन महिनादेखि अत्यन्तै कष्टकर जीवन बिताउनु पर्यो’ उद्वार गरिएका सर्लाहीका अर्जुन सदा भन्छन्–‘कहिल्यै राम्रो खाना पनि दिइएन। परिवारसँग सम्पर्क गर्न पनि दिएन।’ केही समय अगाडि त्यहाँबाट भाग्न सफल भएका २ जना गाउँ पुगेपछि अन्य मजदुर बन्धक बनेको जानकारी भएको थियो।

त्यसपछि परराष्ट्र मन्त्रालय, दूतावास र ‘किन इन्डिया’को सहयोगमा महोत्तरीका २३, सर्लाहीका ९ र धनुषाका ३ जनाको उद्वार गरिएको हो। जसमा ६ जना नाबालक छन्। उद्धारका लागि कश्मीर पुगेका ‘किन इन्डिया’का प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर त्यहाँ पुर्याएको वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट