उपचार गराउन आएका विरामीलाई महिला डाक्टरले गोली हानेपछि…

काठमाण्डौं– पृथ्वीमा डाक्टरलाई भगवानको रूप मानिन्छ। तर, भगवान मानिएका डाक्टर नै विरामी भएर पुगेका मानिसलाई मार्न अगाडि सरे भने के होला ? पाकिस्तानमा यस्तै एउटा घट्ना सार्वजनिक भएको छ। जहाँ एक महिला डाक्टरले आफनै विरामीलाई गोली हानेकी छिन्।

यो घट्नाको जानकारी पाएपछि विरामीका आफन्त र गाउँले मिलेर डाक्टरको क्लिनिकमा तोडफोड गर्नुका साथ प्रहरीमा उजुरी समेत दर्ता गराएका छन्। तर, प्रहरीले डाक्टरसँग लिएको वयान सुनेर भने सवै आश्चर्य चकित भएका छन्।

विरामीलाई गोली हानेर उनै डाक्टरले आफनो गाडीमा राखेर अस्पताल पुर्याएको खुलेको छ। यो घट्ना पाकिस्तानको शेखपुरास्थित सफदराबादको तहसील मुख्यालय अस्पतालको हो। यहाँकी महिला डाक्टर हिना मंजूरको क्लिनिकमा उपचार गराउन आसिया बीबी नामकी विरामी आईन।

समाचार अनुसार महिला डाक्टरले ड्यूटीका क्रममा आफनो पसमा पेस्तोल राखेकी थिईन। जब उनले बन्दुक निकाल्न खोजिन, त्यसै वेला अचानक गोली चल्यो र आसिया बीबीको हातमा गएर लाग्यो। गोली लागेपछि उनी रगतले लतपत भईन। यता, घटनापछि आत्तिएकी डाक्टरले घाईतेलाई तत्कालै आफनो गाडीमा हालेर शेखपुरा अस्पताल पुर्याईन।

अर्कोतर्फ विरामीका आफन्तले महिला डाक्टरको क्लीनिकमा तोडफोड गरे। डाक्टर विरुद्ध प्रहरीमा उजुरी दर्ता भयो। तर, अस्पताल प्रशासनले पत्रकारलाई घटनाको सीसीटीवी फुटेज दिन अस्विकार गरेको छ। यो प्रकरणले महिला डाक्टरको बयान पनि शंकाको घेरामा परेको छ।

पाकिस्तानमा केही दिन पहिला एक महिलाले आफैलाई गोली हानेको घट्ना पनि चर्चामा आएको थियो। पाकिस्तानको पञ्जाबस्थित गुजरावाला जिलाकी एक महिला आफनो पतिको पेस्तोल सफा गर्ने क्रममा थिईन। सोही क्रममा अचानक गोली चलेर आफैलाई गोली लागेको थियो। उनका घट्नास्थलमै मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट