श्रीमतीको नागरिकतामा श्रीमानले आफनो नभई अरुको नाम देखेपछि…

काठमाडौं– पछिल्लो समय समाजमा एकपछि अर्को अनौठा र अपत्यारिला घट्ना सार्वजनिक भईरहेका छन्। कतिपय घट्ना त हाम्रो सोचभन्दा पनि वाहिरका हुने गरेका छन्। सुन्दैखेरी ‘यस्तो पनि होर?’ भन्ने जस्ता घट्ना हाम्रै समाजमा हुन थालका छन्।

यस्तै एउटा घट्ना अहिले प्रहरी मार्फत सार्वजनिक भएको छ। एक जना श्रीमान विवाह गरेर करिव १० विदेशमा वस्छन्। उनका छोराछोरी श्रीमती गाउँमा हुन्छ। उनले हरेक महिना घरपरिवार चलाउन पैसा पठाउँछन्। तर, जव घर फर्केर आउँछन्, अनि मात्रै श्रीमतीले आफुभन्दा पहिला नै अरुसँग विवाह गरेको घट्ना थाहा पाउँछन्। त्यो पनि नागरिकता हेरेर।

कालिमाटी प्रहरी वृत्तका अनुसार घट्ना यस्तो छ। गोरखा घर भएका सन्डीप लामिछाने (नाम परिर्वतन) करिब १० वर्ष अगाडी विवाह गरेर साउदी गएका थिए। एक छोरा र तीन छोरीका बाबुसमेत रहेका उनले साउदीबाट घरखर्च भनेर श्रीमतीलाई महिनाको २५ हजार पठाइरहेका थिए। चार वर्षपछि नेपाल आएका हरीशरणले कोठामा श्रीमतीको नागरिकता भेटे। नागरिक्ता श्रीमानको नामबाट बनेको थियो। तर, श्रीमानको नाममा आफनो नभएर अरुकै नाम देखेपछि उनी आश्चर्यमा परे।

आफ्पनी श्रीमतीले अर्कैको नाममा नागरिकता लिएको भेटेपछि छाँगाबाट खसे जस्तो भए। कुरा वुझन उनलाई धेरै समय लागेन। त्यसपछि उनी श्रीमतीलाई केहि नसोधी उनको नागरिकता बोेकेर सिधै कालिमाटी प्रहरी वृत्त पुगे। कालिमाटी वृत्तको महिला सेलले अनुसन्धान गर्दा सन्डीपकी श्रीमतीले ०६८ सालमा एक जना प्रहरीसँग विवाह गरेकी रहिछन्।

उसैको नाममा नागरिकता लिएको रहेछ। ती प्रहरीसँगको सम्पत्ति हात पारेर उनले सम्बन्धविच्छेद समेत गरिसकेकी रहिछन्। लामो अनुशन्धानपछि ४१ वर्षीया ती महिलाको चर्तिकला थाहा पाउँदा प्रहरी कर्मचारीसमेत चकित परे। कालिमाटी वृत्त महिला सेलकी इन्स्पेक्टर पुणिर्मा चन्दका अनुसार अहिले श्रीमतीबाट धोका पाएका थुप्रै श्रीमानहरु प्रहरीमा उजुरी बोकेर आउन थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट