श्रीमती बलात्कार गरेको कसुरमा न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौं– वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको छ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ। प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए। श्रीमतीलाई बलात्कार गरेको र अप्राकृतिक मैथुन गरेको आरोपमा निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन्।

गिरीले ३ वैशाखमा जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका थिए। सर्वोच्चका न्यायाधीश हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको २१ चैतको इजलासले गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो।

सर्वोच्चले काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतको ‘गिरीलाई धरौटीमा छाड्ने’ आदेश बदर गर्दै थुनामा पठाउन भनेपछि उनले आत्मसमर्पण गरेका थिए। गिरीलाई धरौटीमा छाड्ने आदेशबाट असन्तुष्ट उनकी श्रीमती अनशन र प्रदर्शनमा उत्रिएकी थिईन।

उनले मुद्दाको वहस चलिरहेका वेला इजलासमै विष सेवन समेत गरेकी थिईन। घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनले मंसिर ०७९ मा न्यायाधीश गिरी विरुद्धप्रहरीमा जाहेरी दिएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट