बोक्सीको आरोपमा कार्यपालिकाको मेलमिलाप सदस्य नै निर्घात कुटिएईन

काठमाडौं– पाल्पामा ‘बोक्सी चढेको’ भन्दै एक महिलामाथि निर्घाट कुटपिट भएको छ। बागनासकाली गाउँपालिका–९ की प्रियसना (नाम परिवर्तन) माथि छिमेकी २९ वर्षीय पदम बस्यालले कुटपिट गरेका हुन।

प्रहरीका अनुसार प्रियसनाको दुहुनो भैंसी ३/४ दिनदेखि बिरामी थियो। पशुचौपाया विरामी हुँदा झारफुक गरेर निको पार्ने नेपाली समाजको पुरानै चलन अनुसार उनी ६ जेठमा आफुलाई धामी दावी गर्ने पदमको घरमा पुगेकी थिईन। उनीहरुको घर करिव ५/७ मिनेटको दुरीमा छ।

घरबाटै अक्षता बोकेर गएकी प्रियसनाले पदमलाई अक्षता दिँदै भैसीको बारेमा कुरा गरिन। त्यसपछि पदमले उनको आँखामा हेर्दै ‘दुईवटा ल्वाङ खाउ। तिम्रो आँखामा बोक्सी चढेको छ, त्यो झार्नुपर्छ’ भन्दै पैयुको लठ्ठीले कुट्न थाली हाले।

‘तिमिलाई दुख्दैन, यो बोक्सीलाई लाग्छ’ भन्दै निर्घात कुटपिट गरेपछि प्रियसना अचेत भईन। तर, चिच्याउँदै वाहिर निस्किएपछि छिमेकीहरुले उनको उद्दार गरेर घर पुर्याईदिए। स्थानीय स्वास्थ्य चौकीमा कार्यरत उनका श्रीमानलाई पनि छिमेकीले बोलाए। तर, प्रियसनाले श्रीमानलाई घट्नाका विषयमा वताईनन्।

उनी स्वयम पनि कार्यपालिकाको मेलमिलाप सदस्य हुन्। बोक्सीको आरोपमा कुटाई खाएको विषयले उनलाई वदनामीको डर भयो। त्यसैले उनले घट्नालाई लुकाएरै राख्ने निधो गरिन। तर, शरीरमा भएको निलडामका कारण घट्ना लुक्न सकेन। भोलीपल्ट विहान ढाडमा निलडाम देखेपछि श्रीमानले दबाब दिएर उनीसँग सोधपुछ गरे।

त्यसपछि उनले श्रीमानलाई सवै कुरा वताईन। दुवैले सल्लाह गरेर आसपासका महिलाहरूलाई बोलाएर घटनाबारे छलफल गरे। पदम छिमेकी भएकाले माफी मागे कानुनी कारवाहीमा नजाने सहमति भयो। तर, पदम उनीहरुसँग माफी माग्न नआएपछि प्रियसनाले ८ जेठमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएकी छिन्।

प्रहरीले ११ जेठमा पदमलाई पक्राउ गरेको छ। स्थानीयका अनुसार पदमले ३÷४ महिनाअघिदेखि मात्र आफूले धामीझाँक्री पढेर आएको र आफूमाथि देवी चढेको भन्दै गाउँभरी हल्ला चलाएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले जिल्ला अदालतबाट शुक्रबार नै ७ दिनको म्याद थप गरेर घटना बारे अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट