वीरगन्जमा १५ वर्षीया बालिकामाथि अज्ञात ब्यक्तिद्वारा छुरा प्रहार

वीरगन्ज– पर्साको पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि छुरा प्रहार भएको छ। वीरगन्जको राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी बालिकामाथि मंगलबार राती साढे ८ बजे छुरा प्रहार गरिएको छ।

तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ। बालिका चिच्याउन थालेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिस आफूले नचिनेको पीडित यादवले बताएकी छिन्।

यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट