बनेपामा ट्रकको ठक्करबाट चार वटा गाडीमा क्षती, कच्याक्कुचुक भयो कार

काठमाडौं– काभ्रेपलाञ्चोकको बनेपा बजारमा बुधबार दिउँसो एउटा ट्रकले कारलाई ठक्कर दिँदा चारवटा सवारीमा क्षती भएको छ। जनागालमामा भएको यो दुर्घटनामा एउटा कार पूरै किचिएर क्षती भएको छ।

पछाडिबाट ट्रकले ठक्कर दिँदा अगाडिको भ्यानसँग ठोक्किएर कारको अगाडि–पछाडि दुवैतिर कच्याक्कुचुक भएको छ।

कार ठोक्किएको अगाडिको भ्यान पनि क्षतिग्रस्त भएको स्थानीयले बताएका छन्। उक्त भ्यानले अगाडिको अर्को कारलाई पनि ठक्कर दिँदा क्षति भएको छ। दुर्घटनामा भएको क्षतीको पूर्ण विवरण भने आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट