दुई सहकारीको ८ अर्व वढि ठगीका नाइके कांग्रेस नेता सीबी लामा पक्राउ

काठमाडौं– कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ साथै पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरेको आरोपमा नेपाली कांग्रेसका नेता चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन्। नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत रहेका तामाङ फरार थिए।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनको भारतीय क्षेत्र आसपासबाट पक्राउ गरेको हो। एसएसपी सानुराम भट्टराईका अनुसार उनीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ। फरार सूचीमा रहेका लामालाई आज पक्राउ गरिएको उनले बताए।

लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन्। उनीमाथि कान्तिपुरको ६ अर्ब बढी र पशुपतिको २ अर्ब गरी झण्डै ८ अर्ब रकम अपचलनको आरोप छ। लामासहित कान्तिपुरका सञ्चालकले बचतकर्ता र सेयरधनीको रकमबाट घरजग्गा, निजी व्यवसायमा लगानी गरेका थिए।

कान्तिपुर सहकारीले बचतकर्ताको ६ अर्ब ७८ करोड रूपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा बचतकर्ताको उजुरीसमेत परेको छ।

यी दुवै सहकारी मध्ये कान्तिपुर सहकारीलाई गत ३ फागुनमा र पशुपति सेभिङ एण्ड क्रेडिटलाई गत १ साउनमा सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए। फागुन ०८० मा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट