सलमान खानलाई कारमा हत्या गर्ने योजना असफल, लेरन्स विश्नोई समुहका ४ जना पक्राउ

काठमाण्डौं– बलिउड अभिनेता सलमान खानविरुद्ध फेरि पनि आक्रमण प्रयास भएको छ। मुम्बई प्रहरीका अनुसार अभिनेना शलमानमाथिको आक्रमण प्रयास भने असफल भएको छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार सलमानमाथि लेरन्स विश्नोई समुहले आक्रमणको प्रयास गरेको थियो। पनवेलमा सलमानको कारमा आक्रमण गर्ने उनीहरुको योजना असफल भएको प्रहरीले जनाएको छ।

मुम्वई प्रहरीले लरेन्स बिश्नोई गिरोहका चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया, वसिम चिकना र रिजवान खान छन्। उनीहरुले पाकिस्तानबाट हातहतियार ल्याएर सलमान माथि आक्रमणको प्रयास गरेको खुलेको छ।

यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजे गोली चलाइएको थियो। दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउन्ड फायर गरेका थिए।

गोली चलाउँदा सलमान आफ्नै घरमा थिए। घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट