भिरबाट लडेर नेपाल प्रहरीका असईको मृत्यु

काठमाण्डौं– जुम्लामा भिरबाट लडेर नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत असई दिपक पोखरेलको भीरबाट लडेर मृत्यु भएको हो। उनी ड्युटीकै क्रममा भिरबाट लडेको जनाईएको छ।
रात्रीकालिन गस्तीको क्रममा बिहान करिव ४ बजेतिर भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाइएको छ।
पोखरेल सिम्ता गाउँपालिका ६ जामुनेबजारका स्थायी वासिन्दा हुन।
प्रतिक्रिया