उदयपुरमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको घट्नास्थलमै मृत्यु

राजविराज– मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका– १ फुलजोरमा टिपरले मोटरसाइकल ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको ज्यान गएको छ।

मंगलबार बिहान गाईघाटबाट पूर्व जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको प्र. १–०२– ००१ ख ८५१४ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उदयपुरका एसपी रमेश थापाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँपका २४ वर्षीय हिरा राईको मृत्यु भएको हो।

प्रहरीले घटनास्थलबाट टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट