दिल्लीको आँखा अस्पतालमा भिषण आगलागी, आगो नियन्त्रण र उद्वार जारी

काठमाण्डौं– भारतको दिल्लीस्थित एउटा अस्पतालमा बुधवार भीषण आगलागी भएको छ। राजधानीको लाजपत नगर इलाकामा रहेको आँखा अस्पतालमा आगलागी भएको हो।
आगलागीको सूचनापछि कयौ दमकल घट्नास्थल पुगेका छन्। आगो नियन्त्रण र उद्वारको क्रम जारी छ। अग्नी नियन्त्रण विभागका एक अधिकारीका अनुसार हालसम्म मानविय क्षतीको जानकारी आएको छैन। आगलागीको कारण पनि नखुलेको उनले वताएका छन्।
फायर ब्रिगेड प्रमुखले आगो निभाउने काम जारी रहेको वताए। अघिल्लो महीना दिल्लीको विवेक विहारमा रहेको एक बेबी केयर सेन्टरमा आगलागी हुँदा ७ बालबालिकाको मृत्यु भएको थियो।
प्रतिक्रिया