सर्लाहीमा बाबुछोरा सवार मोटरसाईकल दुर्घटना हुँदा बाबुको मृत्यु, छोरा घाईते

जनकपुर– सर्लाहीमा बाबुछोरा सवार मोटरसाईकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन्।

पूूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका– १ मिलनचोकमा बा ९१ प ९३६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा बाराको कोल्हबी नगरपालिका– १ का ६५ वर्षीय निलबहादुर प्रसाइँको मृत्यु भएको छ। उनका छोरा ३६ वर्षीय राजु भने घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका निलवहादुरलाई उपचारका लागि बाराको एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो। उनको आज बिहान मृत्यु भएको हो। राजुको पनि एलएस अस्पतालमै उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट