कराईले हिर्काएर श्रीमतीको हत्या, ४ दिनसम्म कारण खेज्दै प्रहरी

काठमाण्डौं– दाङमा एक युवकले कराईले हिर्काएर श्रीमतीको हत्या गरेका छन्।

गढवा गाउँपालिका–२, पचहियाका २६ वर्षीय रन्जित चौधरीले २४ जेठमा २१ वर्षीय श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराईले टाउकोमा हिर्काएका थिए। उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

कराईको प्रहारबाट गम्भिर घाईते भएकी कमलालाई रुपन्देहीकै अस्पतालमा भर्ना गरिएको थियो। उनको आईतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी इन्स्पेक्टर कालिका कार्कीले जानकारी दिइन्।

रन्जितलाई प्रहरीले पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ। उनले किन श्रीमतीको हत्या गरे भन्ने खुलेको छैन। स्थानीयका अनुसार उनीहरुले २ वर्षअघि विवाह गरेका थिए। तर, हालसम्म सन्तान भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट