केदारनाथ धाममा मासु पकाएको आरोपमा एक नेपाली पक्राउ, ढाबामा सिल

काठमाण्डौं– भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा मासु पकाएको आरोपमा प्रहरीले एक नेपालीलाई पक्राउ गरेको छ। धार्मिक भावनामा ठेस पुर्याएको आरोपमा २ दिनअघि रोल्पा घर भएका किरणबहादुर पक्राउ परेका हुन।
उनलाई पक्राउ गरेपछि उनले संचालन गरेको ढाबा (होटल) स्थानीय प्रशासनले सिल गरेको छ। किरणविरुद्ध प्रहरीले सोनप्रयाग कोतवालीमा मुद्दा दर्ता गरेको छ।
स्रोतका अनुसार केदारनाथ धामको ढाबामा नेपालीले मासु पकाएको खबर फैलिएपछि निकै हंगामा भएको थियो। त्यसपछि प्रहरीले खानतलासी गर्दा बोरामा मासु बरामद भएको थियो।
सेक्टर म्याजिस्ट्रेट राजपाल सिंह रावत र सहायक मजिस्ट्रेट प्रवीण कुमारले पसललाई सिल गरिएको जानकारी दिए।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट

जेन–जीको आडमा अख्तियार प्रमुखहरुलाई राजिनामा दिन दबाब दिने समूहको नेतृत्व सुमना श्रेष्ठले गरेको खुलासा
