मध्येरातमा पुलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

दमक– दमक–मिक्लाजुङ कच्ची सडकखण्ड अन्तर्गत झापाको दमक–३ स्थित मावा पुलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोरङको मिक्लाजुङ–१ घर भई दमक–५ मा बस्दै आएका २२ वर्षीय सगुन राईको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राती करिव ११ बजे मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

सो दुर्घटनामा मोटरसाइकल चालक राई गम्भीर घाइते भएका थिए। उनको टाउको, अनुहार र घुँडामा चोट लागेको थियो। उपचारका लागि दमक स्थित आम्दा अस्पतालमा पुर्याएपछि राती करिव पौने १२ बजे डाक्टरले मृत घोषणा गरेका थिए।

मृतकको शव सोही अस्पतालमा रहेको झापा प्रहरीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट